काठमाडौं । बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
लोकमार्गबाट रातमाटातर्फ जाँदै गरेको ग २ च ८६२१ नम्बरको विद्यालय बस बागलुङ नगरपालिका ३, हाडेपाखा मा आज दिउँसो करिब साढे ४ बजे दुर्घटनामा परेको हो। बसमा सवार २६ जना विद्यार्थी घाइते भएका थिए। तीमध्ये अमन बोहराको उपचारका क्रममा धौलागिरी प्रादेशिक अस्पताल मा मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये २३ जना विद्यार्थीको सोही अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल र सुजल छन्त्याल तथा सङ्गम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको अस्पतालले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया