चितवन । चितवनको भरतपुरमा निर्वाचन आचारसंहिताविपरीत गतिविधि गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार मध्यान्न १२:०५ बजे भरतपुर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय मतदान केन्द्र बाहिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

advertisement

पक्राउ परेकामा नेकपा बहुमतका चितवन जिल्ला सचिव २९ वर्षीय सुमन श्रेष्ठ र सोही पार्टी निकट विद्यार्थी संगठनका जिल्ला संयोजक २१ वर्षीय किरण गौतम रहेका छन्।

सुमन श्रेष्ठ धादिङको गल्छी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् र हाल भरतपुर–७ मा बस्दै आएका छन्। किरण गौतम चितवनको कालिका नगरपालिका–४ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, पक्राउ परेकामाथि थप छानबिन र आवश्यक अनुसन्धान जारी रहेको छ।

प्रहरीले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र आचारसंहिता उल्लंघन गर्नेविरुद्ध कडा निगरानी जारी रहेको जानकारी दिएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com