काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हार स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्यलाई बधाई दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले आचार्यलाई बधाई दिएका हुन् । उनले परिवर्तनको लहरकासामु आफ्नो पराजय भएको बताएका छन् ।

‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन। अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद’, उनले लेखेका छन् ।

advertisement

निर्वाचनको  जनादेश रास्वपाको पक्षमा आएकाले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ जनताले अभिमत दिएको बताएका छन् । जनविश्वास अनुसार अगाडि बढ्न भावी प्रधानमन्त्री बालेन्द्र शाहलाई उनले शुभकामना दिएका छन् ।

‘ जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना’, उनले भनेका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com