काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ ।

advertisement

नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ । समानुपातिक निर्वाचन मतगणना जारी छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com