काठमाडौं। अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको युद्धका बीचमा पनि भारतीय जहाजहरूलाई होर्मुज जलडमरुमध्यबाट आवतजावत गर्न इरानले अनुमति दिएको छ ।

यसले नेपालको ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

advertisement

नेपालले ग्यास र इन्धन भारतबाटै आयात गर्ने भएकाले यो निर्णयले प्रत्यक्ष फाइदा पुग्नेछ ।

समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै इरानले अमेरिका र इजरायलसँग सम्बद्ध नभएका जहाजहरूलाई यो जलमार्गबाट आवतजावत गर्न अनुमति दिएको जानकारी दिएको छ ।

भारतीय जहाजहरू अहिले सुरक्षित रूपमा होर्मुज जलडमरुमध्य पार गर्न सक्नेछन् ।

यसअघि इरानले होर्मुज जलडमरुमध्य पार गर्ने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएको थियो ।

यद्यपि, रोयटर्सले इरानी स्रोतलाई उद्धृत गर्दै यस्तो कुनै छुट दिइएको नभएको दाबी गरेको छ ।

दुई एजेन्सीका रिपोर्टमा विरोधाभास देखिएको छ ।

 

यो पनि:

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

यसैबीच, इरानले बुधबार राति फारसी खाडीमा अमेरिकी तेल ट्याङ्कर ‘सेफासी विष्णु’ मा आक्रमण गरेको छ ।

इराकको बसरा नजिकै भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको भारतीय दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ । मृतकको पहिचान अहिले सार्वजनिक गरिएको छैन ।

आक्रमणमा आत्मघाती डुङ्गा प्रयोग गरिएको पीटीआईले स्रोतलाई उद्धृत गर्दै बताएको छ ।

जहाजमा सवार बाँकी २७ जनालाई सकुशल उद्धार गरिएको छ ।

बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू र उद्धार गरिएका भारतीय नाविकहरूसँग सम्पर्कमा रहेको तथा आवश्यक सहयोग प्रदान गरिरहेको जनाएको छ ।

यो घटना पश्चिम एसियामा जारी तनाव र द्वन्द्वको क्रममा भएको हो ।

खाडी क्षेत्रमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूको सुरक्षा जोखिम बढेको छ ।

परराष्ट्र मन्त्रालयले उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

नेपालमा ग्यास तथा इन्धन आपूर्ति प्रभावित नहोस् भन्ने लागि सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको छ ।

 

यो पनि: 

इरानविरुद्धको कारबाहीबारे ट्रम्पको दाबी: ‘केही घण्टामै इरानको नौसेना र वायुसेना ध्वस्त’

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com