काठमाडौं । भदौ २३–२४ काे घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै काठमाडौंमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
राष्ट्रिय जेनजी जनएकता अभियान समूहका युवाहरूले आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका व्यक्त गर्दै शनिबार माइतीघरमा प्रदर्शन आयोजना गरेका थिए।
प्रदर्शनकारीहरूले ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस?’, ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’, जेनजीहरू नारामा आमा उता रारामा लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
युवाहरूले जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरूमाथि अन्याय गर्न नपाइने चेतावनी दिएका छन्। साथै, जेनजी आन्दोलनको मूल उद्देश्य अझै पूरा हुन बाँकी रहेकाले नेताहरू सांसद भए पनि आन्दोलनको सम्मान कायम गर्न आवश्यक रहेको बताएका छन्।
उनीहरूले भदौ २३–२४ का घटनामा दोषि रहेका व्यक्तिहरूमाथि कारबाही गर्नुपर्ने र सरकारी संरचना जलाउने वा प्रहरीमाथि कुटपिट गर्ने कार्यमा जेनजीहरू संलग्न नभएको स्पष्ट पारेका छन्।
जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि अहिलेसम्म सार्वजनिक नहुँदा प्रदर्शनकारीहरूले आशंका व्यक्त गरेका छन् र शीघ्र सार्वजनिक गर्ने माग राखेका छन्।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया