वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाले धेरै महत्त्वपूर्ण लक्षित स्थान हरू ध्वस्त पारेको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा छोटो सन्देश लेख्दै भनेका छन्, “इरानमा ठूलो दिन ।
लामो समयदेखि निशाना बनाइएका धेरै स्थानहरू हाम्रो महान् सेनाले ध्वस्त पारेको छ । विश्वकै सबैभन्दा शक्तिशाली र घातक सेना ।”
यसअघि अमेरिकी सेनाको मध्य कमान्डले गत साता इरानभरि ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरेको जानकारी दिएको थियो ।
ती आक्रमणमा कुन–कुन लक्ष्य ध्वस्त भए भन्ने विस्तृत विवरण र क्षतिको पूर्ण यथार्थ भने अझै सार्वजनिक गरिएको छैन ।
ट्रम्पको यो दाबी मध्य पूर्वमा जारी द्वन्द्वको बीचमा आएको हो ।
अमेरिकी सेनाले इरानका विभिन्न सैन्य तथा रणनीतिक स्थलहरूलाई लक्षित गर्दै निरन्तर आक्रमण गरिरहेको बताइएको छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया