काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि हिजो सुन प्रतितोला २ लाख ९० हजार २०० रूपैयाँमा काराेबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया