काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरु बीच भेटवार्ता भएको छ।

बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगका विविध पक्षबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

advertisement

छलफलका क्रममा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउने तयारीलगायत विषयमा समेत विचारविमर्श गरिएको जानकारी दिइएको छ।

 

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com