काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शुक्रबार शीतल निवास पुगेका प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग समसामयिक विषयमा छलफल गरेका हुन्।

भारतको दुईदिने राजकीय भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न पुगेका हुन्। भ्रमणमा जानुअघि राष्ट्रपतिसँग भेट नगरेको भन्दै उनको आलोचना भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेर फर्किएलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटमा भारत भ्रमणका उपलब्धि, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको छ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This