काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका –१६, फारमस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार (वैशाख ५) दिउँसो जेसीबीमा कार ठोक्किँदा एकै परिवारका पाँचजना घाइते भएका छन् ।

झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीमा सोही दिशा हुँदै नारायणगढबाट बुटवलतर्फ गइरहेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो ।

advertisement

दुर्घटनामा कारका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान, नौ महिनाका वेदाक्ष र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी युवराज खड्काले जानकारी दिए । मोटरसाइकललाई जोगाउन खोज्दा कार जेसीबीमा ठोक्किएको उनले बताए ।

घाइतेहरूलाई उपचारका निम्ति नयाँ मेडिकल कलेज चितवन पठाइएको छ ।

  • रासस

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com