काठमाडौं । गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी अस्थायी रूपमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नै सम्हाल्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङको राजीनामापछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफ्नै मातहतमा राखेका हुन्।
विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी सम्बन्धी विवरण सार्वजनिक भएपछि गुरुङमाथि व्यापक आलोचना भएको थियो। सोही विषयमा निष्पक्ष छानबिनको माग बढेपछि उनले अनुसन्धान प्रक्रियालाई सहज बनाउन पदबाट राजीनामा दिएको बताएका छन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया