काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह केहीबेरअघि जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह उक्त मार्गबाट काठमाडौं फर्किएका हुन्।

प्रधानमन्त्री शाह शनिबार परिवारका सदस्यहरूसहित मुस्ताङ पुगेका थिए। मुस्ताङ पुगेपछि उनले शनिबार अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका थिए।

मुक्तिनाथ दर्शन तथा पूजार्चना सकेर प्रधानमन्त्री शाह काठमाडौं फर्किएका हुन्।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com