सिरहा । सिरहामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। नरहा गाउँपालिका–३ खोरिया टोलस्थित चोहर्वा–सिरहा सडकखण्डमा भएको दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आज दिउँसो करिब १२:२० बजे सिरहाबाट मिर्चैयातर्फ गइरहेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले जानकारी दिएका छन्। मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया