काठमाडौं । काठमाडौंको शंखरापुर क्षेत्रबाट अवैध हतियारसहित दुई जना पक्राउ परेका छन्।
शंखरापुर नगरपालिका–५ सालीनदी नजिकैको खोला किनारबाट प्रहरीले एक थान पेस्तोल, एक थान म्याग्जिन र तीन राउन्ड गोलीसहित दुई जना लाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ निवासी ३५ वर्षीय जीवन जिम्बा (राम) र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन्। उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ जनाएको छ।
पक्राउका क्रममा जीवन जिम्बाले प्रहरीतर्फ गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। सो क्रममा घाइते भएका जिम्बाको सुस्मा कोइराला मेमोरियल अस्पताल, सलम्बुटारमा उपचार भइरहेको छ।
घटनामा संलग्न अन्य दुई जना भने फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार













प्रतिक्रिया