काठमाडाैं । अनेरास्ववियुको सचिवालय बैठकमा आइतबार नेताहरूले टाउकोमा कालो फेटा बाँधेर विरोध जनाएका छन्। फेटामा ‘मलाई बोल्न दे सरकार’ लेखिएको थियो।

नेकपा (एमाले) निकट विद्यार्थी संगठनले बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यार्थी राजनीतिमा प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै त्यसको विरोधस्वरूप यस्तो प्रदर्शन गरिएको अध्यक्ष दीपक धामी ले जानकारी दिएका छन्।

advertisement

सरकारले विश्वविद्यालयभित्र सक्रिय विद्यार्थी संगठनहरूलाई निषेध गर्ने निर्णय लिएको छ। साथै, सुरक्षा चुनौती देखिएमा क्याम्पसभित्रै प्रहरी चौकी स्थापना गर्ने योजना पनि अघि बढाइएको बताइएको छ।

यस विषयमा विरोध स्वर संसदसम्म पुगेको छ। ऐन महर, जो अनेरास्ववियुका पूर्वअध्यक्ष तथा हाल बझाङबाट प्रतिनिधित्व गर्ने एमाले सांसद हुन्, उनले पनि संसदमा विद्यार्थी संगठन खारेजको निर्णयविरुद्ध आवाज उठाएका छन्।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com