काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठक आज बस्ने भएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा उक्त बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ।
यसअघि प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले मंगलबार ३९ जना सदस्य मनोनयन गरेका थिए।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार












प्रतिक्रिया