काठमाडौं । प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सभामुखको सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी तय गरिएको हो।

advertisement

आगामी वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को बैठक बस्ने कार्यक्रम रहेको छ। सोही दिन अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ।

संसद् बैठक सञ्चालन तथा आगामी कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको बताइएको छ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com