काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गराउँदै दुई वटा अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

advertisement

सरकारले संसद् अधिवेशन आह्वान गरेकै भोलिपल्ट स्थगन प्रक्रिया अघि बढाउँदै अध्यादेश ल्याउने निर्णय गरेको हो।

यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही आधारमा वैशाख ९ गते राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन बोलाएका थिए। तर वैशाख १० गते नै सरकारले अधिवेशन स्थगन गर्न सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले अधिवेशन स्थगन भएको सूचना जारी गरेको थियो।

 

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com