काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदभित्रको समन्वय र कार्यसूची व्यवस्थापनका विषयमा छलफल गर्न सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बैठकमा बोलाएका छन्।

सिंहदरबारमा आज दिउँसो १२ बजे बस्ने उक्त बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूका सचेतकहरू सहभागी हुनेछन्।

advertisement

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रमुख सचेतक, मुख्य सचेतक तथा सचेतकहरू सहभागी हुनेछन्।

छलफलमा संसद सञ्चालन, कार्यसूची निर्धारण तथा समसामयिक राजनीतिक विषयमा धारणा आदानप्रदान हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com