काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूले सार्वजनिक कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्ने अनौपचारिक निर्णय गरेको छ।

पार्टी सभापति रवि लामिछाने ले सांसदहरूलाई लेटरहेड, भिजिटिङ कार्डलगायत कागजातमा एकरूपता कायम गर्न निर्देशन दिएका छन्। उक्त निर्देशन बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा दिइएको प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्।

advertisement

रास्वपाले सांसदहरू अझै सिक्ने चरणमै रहेको उल्लेख गर्दै मेन्टर तथा सल्लाहकारमार्फत मार्गदर्शन लिन सुझाव दिएको छ। साथै, आगामी निर्वाचनका लागि योग्य उम्मेदवार छनोट र पूर्वतयारीस्वरूप वैशाख क्यान्डिडेट क्लब’ अभ्यास सञ्चालन हुने जनाइएको छ।

यसैबीच, कसैले पनि आफूखुसी आगामी निर्वाचनका उम्मेदवार तोक्न नपाउने स्पष्ट पार्दै पार्टीले निर्देशनविपरीत गतिविधि भएमा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com