काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारमा सुरु भएको छ।
बैठकमा पार्टी सभापति गगनकुमार थापाले सांसदहरूलाई संसदीय भूमिकाबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ। उनले सदनमा सांसदले निर्वाह गर्नुपर्ने जिम्मेवारी र प्रभावकारी विधायिकी भूमिकाबारे मार्गदर्शन गर्ने बताइएको छ।
त्यस्तै बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेश तथा सुकुमबासी बस्तीमा उचित व्यवस्थापनबिना चलाइएको डोजर अभियानबारे पनि छलफल हुने जनाइएको छ। यी विषयलाई संघीय संसदमा कसरी प्रभावकारी रूपमा उठाउने भन्नेबारे पनि बैठकमा रणनीति तय गरिनेछ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया