काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर १४ मिनेट जाँदा धादिङको चराङ्गे फेदी आसपासलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको कम्पन धादिङसहित नजिकका जिल्लाहरू तथा काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो । अचानक आएको धक्कापछि केहीबेर सर्वसाधारण त्रसित बनेका थिए ।
हालसम्म उक्त भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया