काठमाडौं । प्रतिनिधिसभा मा विपक्षी दलले बेल घेराउसहित नाराबाजी जारी राखेका छन् । प्रधानमन्त्री उपस्थित गराउन माग राख्दै विपक्षी दलले निरन्तर नाराबाजी गरिरहेका छन् । सभामुख डीपी अर्यालले भने सदनको कारबाहीलाई निरन्तरता दिए ।
यसअघि प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी दलले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि प्रधानमन्त्री बालेनलाई भेट्न उनी प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेर फर्किएका सभामुखले विपक्षीको प्रतिनिधिसभा मा नाराबाजी बाबजुद बैठकलाई निरन्तरता दिएका छन् ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार











प्रतिक्रिया