काठमाडौं। मध्यपूर्वमा जारी तनाव घट्दै गएको देखिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति स्थापना प्रयासका लागि बधाई दिएका छन् ।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पको प्रयासको प्रशंसा गरेका हुन् ।
उनले भने, “शान्ति स्थापना गर्ने प्रयासमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिन्छु ।”
शरीफले ट्रम्पले शुक्रबार बिहान साउदी अरेबिया, कतार, टर्की, इजिप्ट, संयुक्त अरब इमिरेट्स, जोर्डन र पाकिस्तानका नेताहरूसँग टेलिफोन वार्ता गरेको उल्लेख गरेका छन् ।
पाकिस्तानको तर्फबाट फिल्ड मार्शल असिम मुनिरले यी वार्ताहरूमा भाग लिएका थिए ।
उनले थप लेखेका छन्, “यी छलफलहरूले वर्तमान क्षेत्रीय परिस्थितिमा विचार साझा गर्न र शान्ति प्रयासहरूलाई अगाडि बढाउन राम्रो अवसर दिएको छ ।
पाकिस्तान पूर्ण इमानदारीका साथ शान्ति प्रयास जारी राख्नेछ र चाँडै अर्को बैठक आयोजना गर्ने आशा गर्दछौं ।”
तेहरान भ्रमण
यसैबीच, पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरान पुगेका थिए ।
त्यहाँ उनले इरानी विदेशमन्त्री अब्बास अरघचीसँग भेटघाट गरेका छन् ।
यो घटनाक्रमलाई इरानसँगको युद्ध अन्त्य हुन लागेको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया