एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा नजिकै चमन गेट आसपास यात्रुवाहक रेललाई लक्षित गरी आत्मघाती आक्रमण भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गेट नजिकै गुडिरहेको यात्रुहरूले खचाखच भरिएको रेलमाथि गरिएको विस्फोटमा कम्तीमा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् ।
विस्फोटपछि सुरक्षा निकायहरूले घटनास्थललाई घेरा हालेर कडा सुरक्षा व्यवस्था गरेका छन् । घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ, जहाँ धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार यो विस्फोट सुनियोजित आत्मघाती आक्रमण भएको आशंका गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया