काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा मधेस, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने मौसमविद्ले बताएका छन् ।
आज राति पनि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया