काठमाडौं । संसद्‌मा शीर्ष नेता बोल्न महिनामा दुईपटक छुट्टै समय व्यवस्थापन गर्ने तयारी भएको छ । प्रतिनिधिसभा को कार्यव्यवस्था तथा परामर्श समितिमा यसबारे छलफल भएको छ ।

शीर्ष नेताले विशेष समय लिएर सम्बोधन गर्न पाउँछन् । विपक्षी दलका नेताले चाहेको समयमा बोल्न पाउँछन् । तर, महिनामा एक वा दुईपटक छुट्टै समय छुट्याउनुपर्ने कुरा उठेको छ ।

advertisement

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले त्यसबारे छलफल भए पनि निर्णय भइनसकेको बताए । दलका शीर्ष नेताले संसद्को पहिलो बैठकमा बोलेका थिए । त्यसपछिका बैठकमा दलका शीर्ष नेताले सम्बोधन गरेका छैनन् ।

स्रोतका अनुसार शीर्ष नेता मात्रै बोल्न पाउनेभन्दा पनि दलले तोकेका व्यक्ति बोल्न पाउनुपर्ने माग कार्यव्यवस्थामा उठेपछि तत्काल निर्णय हुन सकेन ।

“दलका शीर्ष नेताले मात्रै बोल्न पाउनेगरी छलफल भएको थियो । शीर्ष नेतामात्रै नभएर दलले तोकेका व्यक्ति पनि बोल्न पाउनुपर्ने कुरा उठ्यो । त्यसबारे निर्णय भएन,” कार्यव्यवस्थामा सहभागी एक सांसदले भने । नियमावलीमा नभएको व्यवस्थामा दलहरूबीच छलफलका आधारमा छुट्टै समय राख्नेबारे छलफल भएको हो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com