काठमाडौं । बंगलादेशलाई पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि आफ्नो नाममा गरेको छ।
शनिबार पण्डित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न फाइनल खेलमा भारतले साविक विजेता बंगलादेशलाई ३–१ गोलअन्तरले हराउँदै छैटौँ पटक उपाधि जित्न सफल भयो।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै थप दुई गोल गर्यो।
भारतका लागि सनफिदा नोङरुम र लिन्दा कोम सेर्टोले दोस्रो हाफमा गोल गरे। खेल पुनः सुरु भएको केही समयमै सनफिदाले टोलीलाई अग्रता दिलाएकी थिइन् भने लिन्दाले ८४औँ मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरिन्।
समूह चरणमा पनि भारतले बंगलादेशलाई ३–० ले पराजित गरेको थियो। सेमिफाइनलमा भारतले भुटानलाई तथा बंगलादेशले नेपाललाई हराएर फाइनल यात्रा तय गरेका थिए।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया