काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिको जवाफ वा स्पष्टीकरण स्वयं प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिनु पर्याप्त नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए।

advertisement

‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन। यदि गल्ती भएको हो भने प्रधानमन्त्री स्वयं संसद्को रोष्ट्रममा आएर त्यसबारे स्पष्ट पार्नुपर्छ,’ राईले भने।

उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी पद भएकाले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने जिम्मेवारी पनि प्रधानमन्त्रीकै हुने धारणा राखे।

राईका अनुसार अहिलेको मुख्य प्रश्न प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने भन्ने विषयसँग जोडिएको छ। संसद्मा उठेका गम्भीर विषयमा सरकार प्रमुख स्वयं उपस्थित भएर जवाफ दिनु लोकतान्त्रिक अभ्यास र संसदीय उत्तरदायित्वको आधारभूत आवश्यकता भएको उनको भनाइ थियो।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com