काठमाडौं। व्यवसायी दीपक भट्ट सहित चार जनाविरुद्ध ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित बैंकिङ कसुर मुद्दा दायर भएको छ।
उच्च अदालत पाटन, ललितपुरमा दायर अभियोगपत्रअनुसार भट्टसँगै सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाल विरुद्ध मुद्दा दायर गरिएको हो।
उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कर्जा अपचलन र दुरुपयोग गरेको आरोप लगाइएको छ। आरोपअनुसार जगदम्बा स्टील्सका नाममा लिइएको सहवित्तीयकरण कर्जा योजनाबद्ध रूपमा दुरुपयोग गरी विभिन्न लगानी संरचनामा प्रयोग गरिएको दाबी गरिएको छ।
अनुसन्धान विवरणअनुसार उक्त कर्जा इन्फिनिटी होल्डिङमार्फत शेयर लगानीमा प्रयोग गरिएको र रकमको वास्तविक स्रोत तथा स्वामित्व लुकाउन विभिन्न बैंक खाताहरू प्रयोग गरिएको आरोप छ।
यसअघि नै दीपक भट्ट र सुलभ अग्रवाल पक्राउ परेका थिए र हाल उनीहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका छन्। उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै अनुसन्धान पनि भइरहेको जनाइएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया