काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

advertisement

अस्पतालका अनुसार दुर्घटनास्थलमै मृत्यु भएका ८ जनाको शव अस्पतालमा ल्याइएको छ। घाइतेमध्ये केहीको आईसीयूमा उपचार भइरहेको छ भने अन्यलाई विभिन्न वार्डमा राखेर उपचार गरिएको छ। आवश्यकताअनुसार केही घाइतेको शल्यक्रियासमेत भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालले घाइतेहरूको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै पूर्ण रूपमा सक्रिय रहेको जनाएको छ। साथै, दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com