काठमाडौं । रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनमा प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

advertisement

सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन गरिने भएको हो। सभापति पदका लागि शालिकराम घिमिरे, डा. राजकुमार सुबेदी, गणेश पौडेल, मधु अर्याल, मञ्जु भुसाल र गोपाल घिमिरे चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचन समितिका अनुसार ४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि एक सयभन्दा बढी उम्मेदवारी परेको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाबाट आएका ८४३ प्रतिनिधिले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्।

दाङमा आयोजित अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपा नेता भूपदेव शाहले पार्टीलाई अझ सुदृढ, व्यवस्थित र संस्थागत बनाउन धेरै काम गर्न बाँकी रहेको बताए। उनले आगामी नेतृत्वले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

सहमहामन्त्री विपिनकुमार आचार्यले नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टीलाई सही दिशा दिन नसक्ने नेतृत्वले जिम्मेवारी त्याग्न सक्नुपर्ने धारणा राखे। उनले कार्यकर्तालाई धैर्यतापूर्वक संगठन निर्माणमा सक्रिय रहन आग्रह गरे।

निर्वाचन समितिले मतदानका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ। अधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी कार्यकालमा लुम्बिनी प्रदेशमा पार्टी संगठन विस्तार र सुदृढीकरणको जिम्मेवारी सम्हाल्नेछ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com