काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले आफ्नो एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे स्पष्टीकरण दिएकी छन्।

गुडिरहेको सवारीसाधनको झ्यालबाट बाहिर निस्किएको देखिने उक्त भिडियो सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

advertisement

सांसद भट्टराईका अनुसार उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिमा आउनुभन्दा अघिको व्यक्तिगत समयमा खिचिएको हो। उनले उक्त समयमा आफू सवारी चालक नभई यात्रुको रूपमा रहेको र उक्त दृश्य सामान्य निजी क्षणमा रमाइलोका रूपमा कैद गरिएको स्पष्ट पारेकी छन्।

उनले सार्वजनिक पदमा रहे पनि व्यक्तिको निजी जीवन समाप्त नहुने भन्दै व्यक्तिगत स्वतन्त्रताको सम्मान हुनुपर्ने तर्क गरेकी छन्। ‘सार्वजनिक पदमा रहे पनि व्यक्ति सबैभन्दा पहिले नागरिक हो, जसको निजी जीवन र स्वतन्त्रताको अधिकार सुरक्षित हुन्छ,’ उनको भनाइ छ।

भिडियोमा देखिएको गतिविधि सडक सुरक्षा र ट्राफिक नियमका दृष्टिले उपयुक्त नहुन सक्ने कुरा स्वीकार गर्दै उनले भविष्यमा यस्ता व्यवहार दोहोर्‍याइने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले यसलाई आलोचनाभन्दा पनि सचेतना र सिकाइको अवसरका रूपमा लिन आग्रह गरेकी छन्।

सांसद भट्टराईले छोटो र पुरानो भिडियोका आधारमा व्यक्तिको सम्पूर्ण चरित्र वा जिम्मेवारी मूल्याङ्कन गर्नु उचित नहुने बताउँदै समग्र कार्यसम्पादन र योगदानका आधारमा मूल्यांकन गर्नुपर्ने धारणा राखेकी छन्।

आफू जनप्रतिनिधिका रूपमा जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले जनविश्वासप्रति सम्मान जनाउँदै इमान्दारिताका साथ काम गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com