बैतडी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेका छन् । दार्चुला हुँदै बैतडीको गोठालापानी पुगेका लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहेका छन् । उनको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले गरेका थिए ।

स्वास्थ्य परीक्षणपछि डा. उपाध्यायले लम्साललाई भाइरल ज्वरोसँगै रुघाखोकीको सामान्य संक्रमण देखिएको जानकारी दिए ।

मन्त्री लम्साललाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडीतर्फ उडेको छ ।

लम्साल शनिबार दार्चुला पुगेपछि बैतडीको गोठालापानी आएका थिए । भ्रमणकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको हो ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com