काठमाडौँ। ठमेल नरसिंहचोक क्षेत्रमा अनैतिक गतिविधि र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएको छ।
पर्यटक तथा सर्वसाधारणलाई बाटो छेक्ने, अश्लील कार्यका लागि मोलमोलाई गर्ने र हैरानी दिने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरी वृत्त लैनचौरको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सम्झाइबुझाइ गर्दा समेत उनीहरूले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











प्रतिक्रिया