काठमाडौँ।  ठमेल नरसिंहचोक क्षेत्रमा अनैतिक गतिविधि र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएको छ।

पर्यटक तथा सर्वसाधारणलाई बाटो छेक्ने, अश्लील कार्यका लागि मोलमोलाई गर्ने र हैरानी दिने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरी वृत्त लैनचौरको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।

advertisement

प्रहरीका अनुसार सम्झाइबुझाइ गर्दा समेत उनीहरूले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com