जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि अनुभव गरिएको बताइएको छ।

advertisement

यसअघि गत असार ७ गते पनि कर्णाली प्रदेशकै हुम्ला जिल्लामा समान म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त दिन दिउँसो २ बजेर ३२ मिनेटमा हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको भूकम्प मापन केन्द्रले जनाएको थियो।

चार दिनको अन्तरालमा कर्णालीका दुई जिल्लामा समान क्षमताका भूकम्पका धक्का रेकर्ड भएपछि स्थानीयवासीमा सतर्कता बढेको छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com