काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया