काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा क्रोएसियाले ५३औँ मिनेटमा इभान पेरिसिचको गोलमार्फत अग्रता लिए पनि पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्‍यो। ६८औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल गरे भने इन्जुरी समयको चौथो मिनेट (९०+४) मा गोन्कालो रामोसले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

क्रोएसियाले इन्जुरी समयमा अर्को गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। यससँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाउँदै अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com