काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूलाई तत्काल उपभोग्य वस्तुको बजार भाउ घटाउन निर्देशन दिएकी छन्।
सोमबार मन्त्रालयमा आयोजित बैठकमा मन्त्री यादवले विश्व बजारमा इन्धनको मूल्य घटिसकेको उल्लेख गर्दै नेपालमा पनि त्यसअनुसार दैनिक उपभोग्य वस्तुको मूल्य समायोजन गर्नुपर्ने बताइन्। उनले नुन, तेल, चामल, दाल तथा हरियो तरकारीलगायत अत्यावश्यक वस्तुको मूल्य तत्काल घटाई उपभोक्तालाई राहत दिन व्यवसायीहरूलाई आग्रह गरिन्।
बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बजार मूल्य घटाउने कार्यमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार













प्रतिक्रिया