काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरबाहिर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छ।

प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्।

बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको गेट नम्बर ३ नजिक उनले आफूले प्रयोग गरेको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। अस्पताल स्रोतका अनुसार उनको शरीरका विभिन्न भाग गम्भीर रूपमा जलेका छन् र स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घाइते युवक हाल सामान्य रूपमा बोल्न सक्ने अवस्थामा छन्। घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com