बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार दुर्घटनामा ज्यान गुमाउने तीन जनाको पहिचान खुल्न बाँकी छ। गम्भीर घाइते पाँच जनाको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए।
दुर्घटनाको कारण, जिपमा सवार यात्रुको संख्या तथा मृतक र घाइतेहरूको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन। घटनाबारे थप जानकारी आउने क्रम जारी रहेको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार













प्रतिक्रिया