बझाङ ।  बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार दुर्घटनामा ज्यान गुमाउने तीन जनाको पहिचान खुल्न बाँकी छ। गम्भीर घाइते पाँच जनाको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए।

दुर्घटनाको कारण, जिपमा सवार यात्रुको संख्या तथा मृतक र घाइतेहरूको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन। घटनाबारे थप जानकारी आउने क्रम जारी रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com