काठमाडौं । उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीन भ्रमणमा प्रस्थान गरेको छ। प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची (निङ्ची) सहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बुधबार बिहान त्यसतर्फ गएको हो।

उपसभामुख र प्रतिनिधिमण्डलका सदस्यहरू सिचुआन एयरलाइन्सको नियमित उडानमार्फत बिहान १०:४५ बजे काठमाडौँबाट चीन प्रस्थान गरेका हुन्।

प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्।

असार ३१ देखि साउन १ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको छ।

भ्रमणका क्रममा सिजाङको लिन्ची सहरमा चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङसँग उपसभामुखको शिष्टाचार भेटवार्ता पनि हुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

प्रतिनिधिमण्डलले भ्रमण सम्पन्न गरी साउन ४ गते काठमाडौँ फर्कने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com