काठमाडौं । जेनजी अभियानका अभियन्ता माजिद अन्सारी उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएपछि बुधबार उनलाई अस्पतालबाट घर फर्काइएको अस्पताल प्रशासनले जनाएको छ।

अन्सारी गत केही दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए। उनले सोमबार सामाजिक सञ्जालमार्फत आफू असार २७ गते शनिबार साँझ करिब ५ बजे १०–१२ जना प्रहरीको समूहबाट कुटपिटमा परेको दाबी गरेका थिए।

 

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com