काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) ले नेपालमा बैंक खाता खोल्न वा ‘नो योर कस्टमर’ (KYC) अद्यावधिक गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने छैन।
परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र नभएका एनआरएनले बैंकिङ सेवा लिन कठिनाइ भोगिरहेको गुनासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल राष्ट्र बैंकलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार हाल गैरआवासीय नेपाली नागरिक वा एनआरएन परिचयपत्रवाहक नेपाली मूलका विदेशी नागरिकलाई राष्ट्रिय परिचयपत्र जारी गर्ने कानुनी व्यवस्था छैन।

मन्त्रालयले राष्ट्र बैंकको विद्यमान व्यवस्थाअनुसार ग्राहक पहिचानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक पेश गर्न सकिने उल्लेख गर्दै, अब नागरिकता वा अन्य कानुनी आधारका कागजातका आधारमा एनआरएनले सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com