काठमाडौं । विभिन्न कसुरमा अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग जोडिएको आरोपमा मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्।

धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको कसुरमा भट्टसँग सम्बन्धित देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिमाललाई बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो।

रिमालको स्थायी बसोबास पनि सिफलमै रहेको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीका सूचना अधिकारी अनुपमशमशेर जबराले जानकारी दिए।

धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका दीपक भट्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्।

रिमालमाथि लागेको आरोप तथा उनको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com