काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बस्नेछ।

महासचिव विपिन आचार्यका अनुसार बैठकमा चार प्रमुख एजेण्डामाथि छलफल गरिनेछ। हालै सम्पन्न पहिलो महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन र मनोनयन, साथै आगामी अभियान तथा कार्यक्रम सञ्चालनका विषय बैठकका मुख्य एजेण्डा रहनेछन्।

पहिलो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएयता केन्द्रीय समितिको यो पहिलो बैठक हुन लागेको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com