काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की तत्काल पदबाट नहट्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुन्डुस्थित निवासमा भएको छलफलपछि हालका लागि कार्कीकै नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिने सहमति भएको हो।

पार्टी अध्यक्ष ओलीले नयाँ नेतृत्वलाई अवसर दिन मुख्यमन्त्री कार्कीलाई पद छाड्न आग्रह गरेका थिए। तर, कार्कीले संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार भएकाले तत्काल राजीनामा दिँदा संवैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै पार्टी सचिवालयको औपचारिक निर्णयबिनाको राजीनामा अस्वीकार गरेका थिए।

मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश इन्चार्ज तथा सचिव शेरधन राई सहभागी छलफलपछि तत्काल सरकार परिवर्तन नगर्ने निष्कर्ष निकालिएको हो। यससँगै कोशी प्रदेशमा नेतृत्व परिवर्तनको विषय हालका लागि टरेको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com